३ कार्तिक २०८३, मंगलबार

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत काठमाडौंतर्फको पनि काम शुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजदेखि शुरु हुने भएको छ ।

आजदेखि काठमाडौंतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई २.७ किलोमिटर छ ।

त्यसमध्ये एक किलोमिटर चालू आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य छ । सुरुङ मार्ग निर्माणका लागि हिजो बिहीबार विशेष पूजाआजा गरिएको थियो । धादिङतर्फको (सिस्नेखोलामा) सुरुङ खन्ने काम भने पुस ८ गतेदेखि नै सुरु भइसकेको छ ।

हाल धादिङतर्फ २३ मिटर सुरुङ तयार भइसकेको छ । सुरुङको काठमाडौंतर्फको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा पर्छ । निर्माण कम्पनीले २४ घण्टाकै तालिका बनाएर दुई ‘सिफ्ट’ मा काम गर्ने तयारी गरेको बताइएको छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा गरेका थिए ।