
काठमाडौं, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक आज नयाँदिल्लीमा शुरू हुँदैछ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा बस्ने बैठकमा सीमा, व्यापार, पारवहन, ऊर्जा, सीमाना, भौतिक पूर्वाधार, लगानी, लगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत गएका छन् ।
कोभिड–१९ विरुद्धको खोपमा नेपाल–भारत सहकार्यको मोडालिटीबारे समेत बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपाल भारत सम्बन्धका विभिन्न आयाममा पनि छलफल हुने बताइएको छ ।
बैठकअघि मन्त्री ज्ञवालीले आज शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने भारतस्थित नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
संयुक्त आयोगको बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल, परराष्ट्र मन्त्रालयको भारत महाशाखा प्रमुख यज्ञबहादुर हमाल सहभागी हुँदै छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया