काठमाडौं, २ माघ । काठमाडौंको थानकोट–कलङ्की सडकखण्डको दाउरा डिपो नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । प्रदेश नम्बर ३ (०२००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु काठमाडौंको तारकेश्वर नगरपालिका–३ का १२ वर्षका अमृत देवकोटाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
देवकोटाको ओम समाज अस्पताल ढुङ्गेअड्डामा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते दुई जनाको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।















प्रतिक्रिया