३ कार्तिक २०८३, मंगलबार

नेपाल–भारतका परराष्ट्र मन्त्रीबीच दिल्लीमा भेटवार्ता हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच आज भेटवार्ता हुने भएको छ ।​

उनीहरूका बीच बिहान ११ छलफल हुनेछ । त्यसपछि हैदराबाद हाउसमा संयुक्त आयोगको बैठक बस्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, उर्जा, केनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल हुनेछ । सीमा विवादको विषयमा भने छलफल हुन्छ या हुँदैन भन्नेबारे खुलाइएको छैन ।