३ कार्तिक २०८३, मंगलबार

बिग बसको घरबाट जेस्मिन आउट

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बिग बस १४ को घरबाट नायिका जेस्मिन भासिन आउट भएकी छिन् । जेस्मिन भासिन आउट हुँदा सबैको आँखामा आँसु आयो । अली गोनी क्वाँक्वाँ रोए । सलमान खान पनि आफ्नो आँसु रोक्न सकेनन् । उनी पनि भावुक देखिए । अब घरबाहिर आएपछि जेस्मिनले सलमान खानको यो भावुक प्रतिक्रियाको जवाफ दिएकी छिन् ।

पिंकभिल्लासँगको कुराकानीमा जब जेस्मिनलाई यसबारे प्रश्न सोधियो तब उनले भनिन्, ‘मैले सबैबाट निकै प्रेम पाएँ । सबैसँग मेरो सम्बन्ध निकै राम्रो रह्यो । सलमान सरका लागि त मेरो मनमा अत्यधिक सम्मान र प्रेम छ । किनभने त्यस्ता थुप्रै परिस्थिती आउँछन् तब तपाईं केही बोल्न सक्नुहुन्नँ तर उहाँले सधैं के भइरहेको छ भनेर सम्झाउनु हुन्थ्यो । कस्तो महसुस भइरहेको, के बितिरहेको छ । उनले मलाई असाध्यै प्रेम दिए ।’

आफ्नो यात्राबारे कुरा गर्दै जेस्मिनले भनिन्, ‘यो इमोशन्स, फिलिङ, ब्लेम जुन तपाईंमाथि लाग्छ, लडाइँ जुन तपाईं आफ्नै लागि लड्नुहुन्छ, यो एउटा रोलर कोस्टर राइड थियो । निकै उतार–चढाव थिए तर यो जीवनको एउटा अनुभव हो जुन मसँगै रहनेछ । सकारात्मक अनुभव रह्यो ।’

जेस्मिन भासिनले रुबीनालाई मास्टरमाइन्ड र अवसरवादी बताइन् । जेस्मिनले भनिन्, ‘हामी साथी बन्न सक्दैनौं । म उनीसँग चिल गर्न सक्छु, कुरा गर्न सक्छु, काम गर्न सक्छु तर साथी बन्न सक्दिनँ ।’ एजेन्सी