८ कार्तिक २०८३, आइतबार

ओपो र ‘द भ्वाइस अफ नेपाल-३’वीच सहकार्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसंग सहकार्यको घोषणा गरेको छ ।

ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । पुस २९ गते काठमाडौंमा आयोजित साईनिङ सेरेमोनी मार्फत सो सहकार्यको घोषणा गरिएको थियो ।

अन्तर्राष्ट्रिय फ्राइन्चाइज्ड सिंगिङ रियालिटी शो “ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल(३”ले नेपाली प्रतिभालाई दर्शकसामु आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्नेछ ।

नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै ब्यवसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् ।