३ कार्तिक २०८३, मंगलबार

पुनर्बीमा कम्पनीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न, दुई जना सञ्चालक नियुक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको पुस २९ गते कार्की ब्याङक्वेट, बबरमहल, कठमाडौंमा सम्पन्न साधारणसभाले एक जना संस्थापक सञ्चालक र एक जना सर्वसाधारण सञ्चालक पनि नियुक्त गरेको छ ।

सभाले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रदिवेदनसहितको २०७६ आसार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पनि पारित गरिएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ मा लेखापरीक्षण कार्य गर्नका लागि साविकका श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई दोस्रो वर्ष भएकाले पुनःनियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले सञ्चालक समितिको निर्णयबमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरवदलको सुझाव प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ ।