३ कार्तिक २०८३, मंगलबार

भारतीय वन रक्षकले चलाएको गोलीले बर्दियामा एक नेपाली घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gun-baruwaबर्दिया, १४ चैत । भारतीय वन रक्षकले चलाएको गोलीको छर्राले एक नेपाली घाइते भएका छन् ।

भारतसँग सीमा जोडिएको बर्दियाको गुलरिया नगरपालिका-१२ स्थित आफ्नै खेतमा मुसुरो काट्न गएका रमेश लोध माथि भारतीय वनरक्षकले गोली चलाएको बताइएको छ । गोलीको छर्राले घाइते भएका लोधको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो ।

घाइतेको अवस्था सामान्य रहेको छ । बर्दियाको सीमा जोडिएको दसगजानजिकै ६१ र ६२ नम्बरको सीमास्तम्भको बीचमा ५०० मिटरभित्र आई वनरक्षकले आफूमाथि एक्कासि गोली चलाएको घाइते लोधले बताउनुभयो । लोधसँगै मुसुरो काट्न गएका भेरी लोध, चोपो लोध र बुद्धि लोध पनि छर्रा लागेको छ ।

घटना घटेलगत्तै घटनास्थल पुगेको प्रहरीले १२ वोरको बन्दुकबाट गोली चलाएको र घटनास्थलमा एउटा खोका बरामद गरिएको प्रहरी उपरीक्षक परीयारले राससलाइ बताउनुभयो । घटना घटेलगत्तै सुरक्षा निकायको बैठक बसेको थियो ।

घटनाका विषयमा भारत बहराइच जिल्लाका डिएम अभयकुमार सिंहसँग फोनमा कुराकानी भएको र घटनाबारे अनुसन्धान हुने बताएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । रासस