३ कार्तिक २०८३, मंगलबार

अर्को बैंकको एटीएम प्रयोग गर्दा आजदेखि पुनः शुल्क लाग्ने, निःशुल्क सेवा पनि पाइने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेशिनमा प्रयोग गर्दा आजदेखि पुनः सेवाशुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो ।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रतिकारोबार २० रुपैयाँभन्दा बढी शुल्क नलिन पनि राष्ट्र बैंकले निर्देशन गरेको छ ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटीएम कारोबार बैंकहरुले नै निःशुल्क गरेका थिए । पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो । यसअघि अधिकतम शुल्क तोकिएको थिएन ।