३ कार्तिक २०८३, मंगलबार

नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव, आज तोलामा ८०० रुपैयाँ घट्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेपाली बजारमा तीव्र उतारचढाव आइरहेको सुनको मूल्यमा आज बिहीबार एकैदिन ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ निर्धारण गरेको बताएको छ । हिजो सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनको मूल्यमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको भनाइ छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि मंगलबार र बुधबार सुनको मूल्यमा लगातार वृद्धि भएको थियो । तर, आज बिहीबार एकैपटक ८०० रुपैयाँले घटेको हो ।