काठमाडौं, १ माघ । पूर्व सांसद् तथा नेकपा केन्द्रीय सदस्य दिनेश यादवको निधन भएको छ ।
यादवको बिहीबार बिहान निधन भएको परिवारजनले बताएका छन् । काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको निधन भएको हो ।
उनी नेकपा बाँकेको इञ्चार्ज थिए । उनी पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।
उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।











प्रतिक्रिया