बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

‘एमसीसीमा अलमल गर्दा दैनिक अर्वौं रुपैयाँ बराबरको बिजुली खेर जाने अवस्था आयो’

दैनिक नेपाल २०७७ पुष २९ गते २१:०८

काठमाडौं, २९ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा नेपाल र नेपाली अल्झिदा दैनिक अर्वौं रुपैयाँ बराबरको बिजुली खेर जाने अवस्थामा आएको बताएका छन् ।

एमसीसी खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिनुपर्नेमा जोड दिँदै उनले आगामी भदौदेखि उक्त रकम बराबरको विद्युत् शक्ति खेर जाने बताएका हुन् ।

‘एमसीसीलाई वारपारमा लैजाऔं’, मन्त्री रायमाझीले भने, ‘हामी एक दिन त के एक छिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, ट्रान्समिसन लाइन नबन्दा आगामी भदौबाटै करिब ५०० मेगावाट विद्युत् खेर जाने अवस्था आइसकेको छ ।’

मन्त्री रायमाझीले नेपालको प्रतिकुल हुने बुँदाहरु हटाएर तत्काल एमसीसी लागू गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन–कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’

प्रतिक्रिया
सम्बन्धित