३ कार्तिक २०८३, मंगलबार

कपाल खौरिएर प्रदर्शन थालेका विद्यार्थी नेताहरु यसरी परे प्रहरी फन्दामा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको सरकारी कदमको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको मध्यबानेश्वरमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्रेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्नु असंवैधानिक कदम भएको भन्दै नेविसंघका कार्यकर्ताहरु कपाल खौरिएर प्रदर्शनमा उत्रिएका थिए ।

पक्राउ पर्नेमा नवराज त्रिपाठी, मनिष सिंखडा अर्बत खड्का, सुशान्त तामाङ्ग, प्रनिल तामाङ्ग, करुणा सागर सिग्देल, सरोज थापा, राकेश शिवाकोटी र पदमा भुषाललगायत छन् ।