३ कार्तिक २०८३, मंगलबार

हप्ता दिनदेखि बेपत्ता सन्तोष परियारको शव फेवातालमा भेटियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ पुस । पोखरामा एक हप्तादेखि हराइरहेका एक युवक फेवातालमा मृत अवस्थामा फेला परेका छन् ।

पोखरा–२२ पुम्दीभुम्दी बसोबास गर्दै आएका सन्तोष परियारको शव फेवातालमा तैरिरहेको अवस्थामा एक हप्तामा फेला परेको हो ।

उनी पुस २२ गते दिउँसो पुम्दीभुम्दीको चिहानडाँडामा भनभोजका लागि घरबाट निस्किएका थिए । १०–११ जना साथीहरुको साथमा गएका उनी राती अबेरसम्म नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो ।

अन्दाजी २४–२५ वर्षीय मृतकले परिवारमा कोही कसैलाई नभनिकन बनभोजमा गएको प्रहरीले बताएको छ ।

प्रहरीले खोजतलास गर्ने क्रममा बनभोज खान गएको ठाँउबाट ३०० मिटर पश्चिमतर्फ फेवातालमा बुधबार बिहान शव फेला पारेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक थापाले जानकारी दिए ।