मुम्बई । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाधिन लागेको खबरहरु सार्वजनिक भएका छन् ।
बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढेकाले बेला प्रियंकाले विहे गर्न लागेको खबर वाहिर आएको हो ।
पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको यसै वर्ष बिहे हुन लागेको ‘बलिउड मन्त्र’ले जनाएको छ । खबर अनुसार उनको जोडीका लागि उनका आफन्तले ‘महादेव’लाई रोजेका छन् ।
महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना । मोहितको नाम उनकी काकीले रोजेकी हुन् ।
बलिउड मन्त्रका अनुसार प्रियङ्कालाई पनि मोहितको नामले मोहित बनाएको देखिएको छ ।
सन् २००० मा मिस इन्डिया र मिस वर्ल्ड जितेकी प्रियङ्का सन् २००२ मा फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
तमिल फिल्मबाट सुरु भएको उनको यात्रा अन्दाज फिल्म हिट नभएसम्म उल्लेखनीय भएन । त्यसपछि भने उनले निकै हिट फिल्महरु दिएकी छिन् ।















प्रतिक्रिया