
काठमाडौं, २८ पुस । आज मंगलबार देशभर मौसममा खासै परिवर्तन आउने सम्भावना छैन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ ।
यसैगरी, मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने अनुमान महाशाखाको छ ।
साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको छ ।
सामान्यतया देशका अन्य भूभागहरुमा मौसम सफा रहने बताइएको छ ।
साथै, मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।















प्रतिक्रिया