१० कार्तिक २०८३, मंगलबार

मकवानपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ पुस । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट जाँदै गरेको प्रदेश ३-०३–००१ प ४०२० नंको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना३क ८३३३ नंको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । –रासस