३ कार्तिक २०८३, मंगलबार

विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राख्ने व्यक्ति पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । भायानेट कम्युनिकेसनको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका–१ का करिब १८ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवाप्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पुर्याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक सञ्जालमा स्रिछ प्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको हो ।

ती किशोरले उक्त कम्पनीको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा ब्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्नाण्डल लगायतका सामाजिक सञ्जालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐनबमोजिम कसूर गरेको खुल्न आएको र उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।