
काठमाडौं, २७ पुस । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा नेपाली सेनाद्वारा आयोजित ‘जितगढी विजयी दौड–२०७७’ भिक्टोरी हाफ म्याराथन सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा गत शनिबार मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको सहकार्यमा आयोजित उक्त प्रतियोगिता (२१ किमि दौड) सफलतापूर्वक सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

वार्षिक रुपमा नेपाली सेनाको अगुवाईमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा विजय महोत्सव दौड कार्यक्रम सञ्चालन गगर्दै आएको छ ।
‘जीतगढीको शान, नेपालीको पहिचान’ मुल नारासहित आयोजना गरिएको प्रतियोगितात्मक उक्त कार्यक्रमको उद्धेश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको सेनाको भनाइ छ ।
१४१ जना धावकहरुको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई माननीय मुख्य मन्त्रीबाट नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागी भएका पुरुष प्रतियोगीमा खड्गपदल गण शिब रायमाझी प्रथम, नारायणदल गणका सुवाश कार्की दोस्रो र विन्दावासिनी बाहिनीका गौरब भण्डारीले तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै महिलातर्फ गरुडदल गणकी निर्मला केसी पहिलो, विन्दावासिनी बाहिनीकी स.प्र.ज. भाबना शाही दोस्रो र गोरखदल गणकी मिनिसा थापा तेस्रो भइन् ।















प्रतिक्रिया