३ कार्तिक २०८३, मंगलबार

२४ घण्टामा विश्वभर ८८३३ जनाको मृत्यु, मृतकको संख्या १९ लाख ४२ हजार नाघ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । विश्वमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८ हजार ८३३ जना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै सोमबार बिहानसम्मको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४५ पुगेको छ । हालसम्म विश्वभर ९ करोड ६ लाख ७५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९६ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन् । बाँकी दुई करोड ३९ लाख ३६ हजार ७२५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।