३ कार्तिक २०८३, मंगलबार

चर्चित डान्सर सुशान्त र एलिशा फिचर्ड ‘काफल गेडी कुटुक्कै’को यस्तो बन्यो म्यूजिक भिडियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक समिर मोक्तान र ममता गुरुङको नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ ।

जसमा चर्चित गीतकार डीपी खनालको शब्द रचना, शकंर थापा ‘स्माईल’ को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

अन्तरराष्ट्रिय रुपमा चर्चा कमाएका चर्चित डान्सर सुशान्त खत्री र एलिशा राईको दमदार नृत्य रहेको भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ ।

सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको ‘काफल गेडी कुटुक्कै’को भिडियोलाई डश म्यूजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

सुशान्त खत्री र एलिशा राईको नै अभिनय रहेको गायक समिर मोक्तानको यसअघिको गीत निरमायालाइ दर्शकले अत्याधिक मन पराएका थिए ।

भिडियो–