
काठमाडौं, २७ पुस । आज २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे/चौबीसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेर एउटै नेपाल बनाएका थिए ।
सोही योगदानको कदर गर्दै हरेक वर्षको पुस २७ गतेलाई पृथ्वीजयन्तीका रुपमा मनाउने गरिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो ।















प्रतिक्रिया