१० कार्तिक २०८३, मंगलबार

ट्याक्टर दुर्घटनाबाट किशोरीको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २६ पुस । धनकुटा नगरपालिका ७ सिरवानीमा प्रदेश १-०२-००३ त ६१२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका ८ पेलेकपाङ बस्ने ईन्द्र कुमार राईकी छोरी १५ वर्षीया रेबिका राईको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त ट्याक्टरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको ट्रली अनियन्त्रित भई पल्टिँदा रेबिकाको मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।