
काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल–भारतबीच रहेको सीमा विवादबारे गम्भीर रुपमा छलफल हुने बताएका छन् ।
राष्ट्रियसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने र उक्त समयमा नेपाल–भारतबीच भइरहेको सीमा विवादबारे छलफल हुने दाबी गरेका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणबाट भारतसँगको सम्बन्ध थप सुदृढ हुन विश्वास पनि व्यक्त गरेका छन् ।















प्रतिक्रिया