
विराटनगर, २६ पुस । झापाको केरखाबाट विराटनगर जान बस चढेका एक युवक बसभित्रै मृत भेटिएका छन् ।
आइतबार बिहान केरखाबाट जनसेवा यातायात प्रालिको मे १ ख ३३३३ नम्बरको बसमा चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।
मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक युवक मिर्गौला रोगी समेत थिए । सोही रोगको उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा जान हिँडेका युवक बसमै मृत अवस्थामा भेटिएका हुन् ।















प्रतिक्रिया