३ कार्तिक २०८३, मंगलबार

भारतमा शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरू हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । भारतले आउँदो शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरू गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

भारतले यसअघि नै आउँदो जुलाईसम्ममा ३० करोड मानिसलाई खोप लगाउने घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने पहिलो चरणको खोप देशभरि निःशुल्क उपलब्ध गराउने खबरमा उल्लेख छ ।

भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तिमा खटिएकाहरुलाई र त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरुलाई खोप लगाउने योजना बनाएको छ ।

भारत सरकारले स्वदेशमै उत्पादन भइरहेको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन अनुमति दिइसकेको छ ।