
बारा, २६ पुस । बारामा शनिबार राति गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरमा प्रहरीमाथि गोली आक्रमण गरेको हो ।
प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरेको बताइएको छ । घटनाका क्रममा तस्कर समूहका एक जनालाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ का ४७ वर्षीय ईमानसिंह तामाङ छन् । घटनास्थलबाट १०२ किलो अवैध लागू औषध गाँजा र तामाङको साथबाट लोड भएको १ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया