६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्रीविरुद्ध सडकमा बलयगाढा प्रदर्शन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २६ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी ओलीविरुद्ध बयलगाढा प्रदर्शन गरेको छ ।

आइतबार बिहान ललितपुरको पाटनमा अनेरास्ववियुले संसद विघटन भएको विरोधमा बयलगाढा प्रदर्शन गरेको जनाएको छ । अनेरास्ववियुले पाटन क्याम्पस अगाडि प्रदर्शन गरेको थियो ।

ओलीले ०६२–६३ को जनआन्दोलनका बेला बलयगाढामा चढेर अमेरिका पुग्न सकिदैन भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रचण्ड–माधव समूहले विरोध गरेको छ ।

प्रदर्शनकारी विद्यार्थीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा संविधान विपरित संसद विघटन गरेको आरोप लगाएका छन् ।

उता, बाँकेमा पनि प्रचण्ड–माधव समूहले ओलीविरुद्धको प्रदर्शनमा बयल गाढा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले ओलीविरुद्ध नारावाजी गरेका छन् ।