
-वि वि श्रेष्ठ
दमौली, २५ पुस । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलय गगनगौडा कास्कीले तनहुँको सदरमुकाम दमौलीमा दुई पाङ्ग्रे सवारी चालकलाई सप्ताहव्यापी सडक प्रशिक्षण दिएको छ ।
तनहुँ ट्राफिक प्रमुख रेशम रानाभाटले सवारी चालकका लागी सडक प्रशिक्षण दिएको हो । ट्राफिक नियमको पालना गरौँ, दुर्घटनावाट बचौँ र बचाऔँ भन्ने मुल मन्त्रलाई आत्मासा गरेर कार्यक्रम गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले वताए ।
गण्डकी प्रश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा समन्वयमा संचालन भएको उक्त कार्यक्रममा सडकमा यात्रा गरिरहेका दुईपाङ्गे सवारी चालकहरुलाई दमौलीको सफासडकमा रोकेर प्रशिक्षण दिईएको हो ।
लेन अनुशासनको पालना गरौँ, एक सवारीवाट अर्को सवारीसम्म अन्तर कायम राखौँ, रातको समयमा हेडलाईट बालौँ, अरुलाई वाधा पुग्ने गरि सवारी पार्किङ्ग नगरौँ, सवारी चालक अनुमतिपत्र अनिवार्य रुपमा बोकौँ, अनावश्यक हर्नको प्रयोग नगरौँ, सवारी चलाउदा मादक पदार्थ सेवन नगरौ, कलिला वालवालिकालाई सवारी साधन प्रयोग गर्न नदिऔँ जस्ता विषयको वारेमा सहभागीहरुलाई सुझाव दिईएको थियो ।
जिल्ला प्रहरी कार्यलय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँ अनुरोध कर्ता रहेको प्रशिक्षण कार्यक्रममा करिव २३० जनालाई प्रशिक्षण दिईएको हो ।
दुर्घटनामा मुख्य कारण सवारी र विशेष गरि दुईपाङ्गै सवारी साधन नै अत्याधिक रहेको हुदाँ दुर्घटनालाई न्युनिकरण गर्नका लागी अभियान संचालन गरिएको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
















प्रतिक्रिया