धनगढी, १४ चैत । धनगढी नगरपालिका–६ मटियारी गाउँमा गएराति बाबु र छोराबीच भएको झै–झगडापछि गम्भीर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मदिरा खाएको नसामा मटियारी गाउँका कुरु चौधरी र उनका बुबा ५५ वर्षीय बालकृष्ण चौधरीबीच गएराति भएको झै–झगडापछि घाइते भएका बालकृष्णको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
झगडामा छोरा कुरुको मुक्का प्रहारबाट मुख र घाँटीमा गम्भीर चोट लागेर बालकृष्ण गम्भीर घाइते भएका थिए ।
प्रहरीले कुरु चौधरीलाई नियन्त्रणमा लिएको छ । झगडा हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया