११ कार्तिक २०८३, बुधबार

न्यायालयलाई नधम्क्याउन चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीको आग्रह

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे अघिव्यक्ति दिने चार पूर्व प्रधानन्यायाधीशलाई न्यायालयलाई नधम्क्याउन सचेत गराएका छन् ।

राष्ट्रिय युवा संघको काठमाडौँमा भएको भेलालाई सम्बोधन गर्दै चार जना पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनप्रति दिएको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।

‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

उनले थपे, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘