३ कार्तिक २०८३, मंगलबार

शनिबार थप ३६२ जनामा कोरोना, ६९९ जना निको, ३ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ जना पुगेको छ ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ ।