
काठमाडौँ, २५ पुस । काठमाडौँमा धोती जुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपा नेता महेश बस्नेतको नेतृत्वमा धोती जुलुस प्रदर्शन भएको हो ।
राजधानीमा शनिबार राष्ट्रिय युवा संघको आयोजनामा ओली समर्थकहरुको र्याली आयोजना भएको थियो । बानेश्वरदेखि कमलादीसम्म पैदल यात्र तथा मोटरसाइकलमा जुलुस प्रस्तुत गरेको थियो ।
धोती जुलुस नाम दिइएको उक्त प्रदर्शनमा धेरैले धोती कुर्ता लगाएका थिए । त्यस्तै, ओलीको समर्थनमा नारावाजी गरेका थिए । ‘धोती, कर्ता, गम्छा मधेसके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेर ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौँ’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाउँदै जुलुस निकालिएको थियो ।















प्रतिक्रिया