
राजविराज, २५ पुस । सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ ।
खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताएका छन ।











प्रतिक्रिया