६ मंसिर २०८३, आइतबार

ओली निकटका युवाहरूले काठमाडौंमा शक्ति देखाउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । प्रधानमन्त्री केपी ओली समूह निकटको राष्ट्रिय युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्‍याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा भेला गर्न लागेको हो। भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दैछन् ।

बिहान ११ बजे सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र १ देखि ४ सम्मका कार्यकर्ता नयाँ बानेश्वरमा भेला भई र्‍याली गर्नेछन् भने मकवानपुर, चितवन, धादिङ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ देखि १० सम्मका कार्यकर्ताहरुको र्‍याली बिहान साढे ११ बजे सुन्धाराबाट सुरु हुनेछ ।

रसुवा, नुवाकोट र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ताहरूको र्‍याली बिहान साढे ११ बजे लैनचौरबाट सुरु भई जमलको मूल र्‍यालीमा जोडिनेछ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को र्‍याली बिहान ११ बजे पुलचोकबाट सुरु भई माइतीघर मण्डलाको मूलर्‍यालीमा जोडिने जनाइएको छ ।