८ कार्तिक २०८३, आइतबार

तातोपानी नाकाको पुलमा क्षति, नाका बन्द हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २५ पुस । चीनसँगको प्रमुख नाका तातोपानी नाका बन्द हुने भएको छ ।

मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको हो । भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ ।

पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो । पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ । पुल मर्मतका लागि आउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ ।