१ कार्तिक २०८३, आइतबार

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ पुस । त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

उता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषय, विभाग, संकाय, अध्ययन सस्थान लगाएतका लागि उपप्राध्यापक पदमा संचालन गरेको परीक्षाको नतिजामा अनियमितता भएको भन्दै ३६ जना उमेदवारहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। यति मात्र होइन आयोगले परीक्षा रद्द गरेको २ सय ४० मध्यये ५० जना गोल्ड मेडलिस्ट छन्।

उत्तरपुस्तिकालाई विधिविधान प्रयोगशालामा परीक्षण गरि प्राप्त गरेको अंकको आधारमा नतिजा प्रकाशन गरि पदपुर्तिको प्रकृया अगाडी बढाउन माग गर्दै आयोग पीडित परीक्षार्थीहरुले मंसिर १४ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

मुद्दा दर्ता गर्ने उमेदवारहरु सबैजसो आफ्नो व्याचका टपर र लामो समय शिक्षण गर्नुको साथै महत्वपूर्ण जीम्मेवारी वहन गरिरहेको योग्य उमेदवारहरु भएको कपन मल्टीपल क्याम्पस प्रमुख भूमिदत्त पौडेलले बताए। उनले आफू एक जिम्मेवार पदमा कार्यरत रहेको र परीक्षामा कुनै अनैतिक काम नगरेको भन्दै न्यायाको खोजीमा सर्वोच्च पुगेको बताए।

‘योग्य र सशक्त उमेदवारविरुद्ध सेवा आयोगले मानहानी गरेकोले उत्तर पुस्तिका र नतिजाको फोरेन्सिक जाँच हुनुपर्ने, रद्द गरिएको र पास गरिएका उमेदवारका कपि बीचको फरक हेर्न पाउनुपर्ने हाम्रै माग हो,’ त्रिविका १० वटा परीक्षा दिएर हाल कलेज प्रमुख पदमा कार्यरत पौडेलले नागरिकसँग भने, ‘२४० मध्ये हामी ५० जना नतिजाको एक नम्बरमा छौं।’ उनले थपे,‘परीक्षामा उत्तर पुस्तिका थपेका थियौं र कपिको सुरक्षाको लागि थप कपिमा आफ्नो सिम्बोल नम्बर लेख्यौं। जुन विश्वविद्यालयको परीक्षाको सुरुदेखिकै नियम हो।’ आफूहरुले कुनै गलत काम नगरेकोले न्यायाको लागि अदालत जानु परेको उनले जनाए।

उत्कृष्ट विद्यार्थीहरुको लिखित परीक्षा रद्द गरी पदधिकारीहरुले अनियमितता गरेको त्रिवि समाजशास्त्र विषयमा नेपाल विद्या भूषण पदक प्राप्त गरेकी अञ्चला चौधरीको दावी छ। रुवि राैनियारले नागरिक दैनिकमा समाचार लेखेकी छिन् ।