
– दिल कुमार श्रेष्ठ
दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले आउँदै गरेको नयाँ २०७२ सालको पूर्वसन्ध्यामा एक कार्यक्रम मार्फत शुभकामना आदान प्रदान गरेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत गरी सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरणको लागि प्रवासीहरुको आव्हान, मुलुकको दिगो शान्ति र अग्रगामी परिवर्तनको लागि अविलम्ब बहुपहिचान सहितको संबिधान’ भन्ने मुलनारा रहेको प्रवासी नेपाली मञ्च कतारले २७ मार्चको दिनमा आउदै गरेको नयाँ वर्ष २०७२ को शुभकामना आदान प्रदानको साथमा विविध सास्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
पानसमा बत्ति बालेर पन्चे बाजाको साथमा उद्घाटनका गरिएको कार्यक्रममा स्वागत मन्तब्य दिएका मञ्च उपाध्यक्ष गणेश सिवाले दिएका थिए ।
वैचारिक संगठन भएपनि हरेक नेपालीको हक, हितका र सामाजिक गतिबिधि साथ अगाडी बढेको जानकारी गराउदै सम्पूर्ण उपस्थित दाजुभाई दिदीबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु तथा बिशिष्ट व्यक्तित्वहरुलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्ने क्रममा नियोगका लिलानाथ दाहालले कतार मै पहिलो पटक यस्तो कार्यक्रममा आउन पाएकोमा खुशी ब्यक्त गरेका थिए ।
सधै बिहान देखि बेलुका सम्म यो र त्यो गुनासो सुनिरहेकोले सबै नेपालीलाई यस्तै दु्रःख रहेछ जस्तो लगेको थियो । तर होइन रहेछ, कामसंगै रमाउनेको जमात पनि ठुलै रहेछ । यो समय आफुलाई कतारमा नभएर नेपालमै रहेको अनुभूति भएको बताएका थिए ।
साथै हस्तलिखित पासपोर्टको म्याद सकिन लागेको हुँदा छिटो भन्दा छिटो एमआरपी पासपोर्ट लिन पनि सबैमा अनुरोध गरेका थिए । त्यस्तै, आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि टीबी कार्कीले एमआरपीका बारेमा केही जानकारी दिएका थिए ।
४ देखि ५ लाखको हाराहारीमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुलाई दुताबासको सानो भएको आभास भएको थियो । तर अब त्यो कुरा नेपाल सरकारले सुनेको बताउदै छिट्टै नै अब सुबिधा सम्पन्न भवनमा सर्ने जानकारी दिएका थिए ।
साथै सधै कर्मचारीको अभाव देखाउने दुताबासमा अब नेपाल सरकारले कर्मचारी थप्ने निर्णय गरेको छ । कतार साउदी तथा मलेसियाको दुताबासमा समेत कर्मचारी थप गरिने निर्णय गरिएको पनि कार्कीले बताएका थिए ।
त्यस्तै, उपस्थित सम्पूर्ण संघसस्थाक प्रमुख तथा प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य राखेका थिए । हजारौ मिटर टाढा अल ढोसरी गार्डेन भएको कार्यक्रम निकै रमाइलो गरि सम्पन्न भएको थियो ।
जनसंगित मञ्चका कलाकारहरुबाट विभिन्न सांगीतिक प्रस्तुत गरिएका थिए । साथमा बरिष्ठ लोकदोहोरी गायिका देविका केसीका, गायिक धुर्व विसीका साथमा पन्चे बाजासंगै तालमा–ताल मिलाउदै सबैजना नाचिरहेका थिए ।
कार्यक्रम सफलताको शुभकामना दिएका अल दोसरी पार्क का प्रमुख मोहम्मद अल दोसरीलाई मायाको चिनो प्रदान गरिएको थियो । सो अबसरमा अरबी गीत संगीत तथा नृत्य समेत प्रस्तुत समेत गरिएको थियो ।
कार्यक्रमको अन्तमा भाग्यशाली चिट्टा उपहारको नतिजा प्रकाशन समेत गरिएको थियो । प्रवासी मञ्चका अध्यक्ष रामहरी गैरेको सभापतित्व सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरि बहादुर बस्नेतले गरेका थिए ।
गैरआवासीय नेपाली सघं, अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिवी कार्की प्रमुख अतिथि रहेको सो कार्यक्रमको विशेष अतिथि तथा अतिथिहरुमा नेपाली नियोगका लिलानाथ दाहाल, एनआरएनए आईसीसीका गुल्फ़ सह–सयोजक पूर्ण केसी, एनआरएनए आईसीसी सदस्य उमेश अधिकारी, एनआरएनए कतारका सल्लाहकार नरेन्द्र भाट, एनआरएनए कतारका अध्यक्ष मक्सुद आलमको सहभागिता थियो ।
यस्तै, जनसम्पर्क समितिका अध्यक्ष बिमल सुबेदी, जनाप्रगतिसिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, बरिष्ठ समाजसेवी तथा व्यवसायी सागर नेपाल, समाजसेवी तथा ब्यबसायी बद्रि पाण्डे, समाजसेवी तथा ब्यबसायी आरके शर्मा, अम्बिका खाती, प्रकाश गुरुङ, गायिका देविका केसी, नरेश श्रेष्ट, अजिज रहमान शेष, चुडामणि कार्की लगायत कतार स्थित विभिन्न संघसस्थाहरुको प्रतिनिधि, अन्य बुद्दिजिबीका, ब्यबसायी समाजसेवी साथै पत्रकारहरुको पनि उपस्थिति रहेको थियो रहेको थियो ।















प्रतिक्रिया