
रुकुम, २४ पुस । आफैँ खाउ र आफैँ लाउ भन्ने जमानामा सार्वजनिक सडक विस्तारका लागि आफ्नै जग्गा मिचेर निकास दिने कमै पर्छन् ।
झन महिला त नगण्य नै हुन्छन् । तर रुकुम पश्चिमकी एक महिलामा भने यो कुरा लागु हुँदैन । रुकुम आठबिसकोट नगरपालिका १४ कि ५१ वर्सिया भद्री मल्लले सडक बिस्तारका लागि आफ्नै जग्गा मिचेर सडक खन्न लगाएकी छिन् ।
अधिकांश मानिसहरू सडकले आफ्नो घर जग्गा नफालोस भन्न चहान्छ्न तर भद्री भने आफ्नो जग्गाबाट नै सडक खन्न दिएर उदाहरणिय बनेकी छन् ।
आठबिसकोट १४ अन्तर्गत बाकेज्युला हुँदै गाउँबारी र टाकुरा पोखरी जोडने कृषि सडक बिस्तारका लागि भद्रीले आफ्नो जग्गा दिएकी हुन् । उनको करिब ३ सय वर्गमिटर जग्गा सडक बिस्तारका क्रममा क्षति भएको छ ।
अन्य गाउलेहरूले नदिएका भने होइनन् तर अरुले सडक विस्तारमा विवाद उत्पन्न गराउनुका साथै आ आफ्नो घर जग्गा नमिच्न दबाब र अवरोध दिएका थिए । गाउँलेहरूको अवरोधले केही दिन सडक खन्ने काम रोकिएको थियो ।
भद्री मल्लले सडकका लागि आफै निकास दिन्छु भनेपछि अहिले ज्यामिरकोट गाउँ पहिलोपटक सडक संजालले जोडिएको छ । तर भद्रीले कुनै अवरोध नगरी बरु सडक सबैको साझा भएको भन्दै आफ्नो जग्गामा नै सडक खन्न अनुरोध गरेकी थिइन् ।
भद्रीको कामले अहिले गाउलेहरु नै चकित परेका छन् । भद्री भन्छिन्, ‘हामीले आफ्नो लागि मात्र सोच्ने होइन हाम्रा भाबी पुस्ताका लागि पनि सडक खन्नै पर्छ ।’
सडक बिस्तारले सबै गाउँलेलाई यातायातको सुबिधा हुने भएकोले आफुले खुला मन गरेको मल्लले बताइन् । भद्री मात्र होइन १४ नबासी डिल बहादुर मल्ल, कृष्ण बहादुर मल्ल लगायतले पनि सहयोग गर्नुभएको थियो ।
भद्री मात्र होइन सबैको सहयोग र सहकार्यले ज्यामिरकोट टाकुरामा पहिलोपटक सडक पुगेको छ । सडक खनेर पूरा गर्ने डोजर चालक र सडक निर्माण उपभोक्ता समितिलाई गाउलेहरु र जनबिकास माबि परिवारले फुलमाला र अबिरमालाले सम्मान र स्वागत गरेका छन् ।
करिब १० किलोमीटर लामो सडक खण्डमा नगरपालिकाको ३३ लाख, प्रदेश सरकारको ३० लाख र वडा कार्यालयको १३ लाख गरि ७६ लाख लागतमा उक्त सडक बनेको हो ।















प्रतिक्रिया