३ कार्तिक २०८३, मंगलबार

गौरीशंकर ग्यास उद्योगको ट्यांकी पड्किँदा ३ जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २४ पुस । काभ्रेको बनेपा नगरपालिका–१३ स्थित गौरीशंकर ग्यास उद्योग (हिमाल ग्यास) को ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् ।

चुहावट भएका सिलिण्डरको ग्यास भण्डारण गर्ने ९८० किलो क्षमताको उक्त ट्यांकी पड्किएको इलाका प्रहरी कार्यालय बनेपाले पुष्टि गरेको छ ।

दुर्घटनामा उद्योगमा नै कार्यरत ५५ वर्षीय लोकबहादुर खड्का, ४७ वर्षीय साइला भुजेल र ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन् । घाइते तीनै जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।