३ कार्तिक २०८३, मंगलबार

शनिबार काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली, कारण के हो ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

चक्रपथ विस्तारका लागि ढुङ्गेधारा, गोलढुङ्गा, स्वयम्भु फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको बालाजु बितरण केन्द्रले जारी गरेको सूचनामा नागार्जुन र तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

प्राधिकरणका अनुसार शनिबार ढुङ्गेधारा, बनस्थली, चमती, रानिवन, भृकुटी टोल, नेपालटार, गोलढुङ्गा, तीनपिप्ले, ओशो तपोवन, धादिङको छत्रेदेउराली, स्वयम्भू, सानोभर्याङ, ठूलोभर्याङ, इचङ्गुनारायण, कारखाना चोक लगायतका स्थानमा विद्युतु आपूर्ति बन्द हुने छ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा भने विद्युत् आपूर्ति समय अगावै हुने प्राधिकरणले जनाएको छ ।

हेर्नुहोस् सूचना–