३ कार्तिक २०८३, मंगलबार

विवेकशील पार्टीद्वारा ‘ऐना जुलुश’ प्रदर्शन, आफ्नो अनुहार ऐनामा हेर्न नेताहरुलाई आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । विवेकशील पार्टीले आज माइतीघर मण्डलामा ऐना देखाएर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ ।

नेताहरुको व्यक्तिवादी चिन्तन, व्यक्तिगत र गुटगत स्वार्थ निर्देशित व्यवहारले समाजलाई गलत दिशामा लगेकाले नेताहरुले एकपटक आ–आफ्नो व्यवहारहरु ऐनामा हेरुन् र तटस्थ भएर आफ्नै व्यवहारहरुको गम्भीर समीक्षा गरुन् भन्ने सन्देश प्रवाह गर्न आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको उक्त पार्टीले बताएको छ ।

यस्तै उक्त पार्टी भोलि शनिबार बिहान पनि माइतीघर मण्डलमा ऐना प्रदर्शन गर्ने बताएको छ ।

आज भएको प्रदर्शनमा सहभागीहरुले ‘रिफ्लेक्ट गरौ !! नागरिकले/समाजले/दलले/सरकारले’ ‘मनन गरौ !! हाम्रो अवस्था, लक्ष्य, आवस्यकता’ असंवैधानिक संसद विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, ‘कू’मतिमा नलाग्नुहोस प्रमज्यू, अमर रहोस लोकतन्त्र अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ, लगायत लेखेका प्ले कार्ड बोकेका थिए ।