
मकवानपुर, २४ पुस । जिल्लाको मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट करिब १०० किलो अवैध लागूऔषध गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया