
रौतहट, २४ पुस । करेन्ट लागेर रौतहटमा ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
राजपुर नगरपालिका–८ बलुवा टोलका ४५ वर्षीय शेख मजारुलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घरमा मोटर जडान गरेको कल धारामा नुहाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया