
काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक विद्यार्थीहरुले आज बिहान टायर बालेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली पार्टी कार्यकर्तालाई सम्बोधन गर्न आज धनगढी आउँदै छन् । तर, यहाँको मौसम खराबीका कारण उनको उडानमा ढिलाई भइरहेको बताइएको छ ।















प्रतिक्रिया