१० कार्तिक २०८३, मंगलबार

जसपाले पुस २५ देखि माघ ७ सम्म प्रमुख शहरहरूमा प्रदर्शन गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारविरूद्ध देशका विभिन्न प्रमुख शहरहरूमा प्रदर्शन गर्ने भएको छ ।

जसपाले पुस २५ देखि माघ ७ सम्म देशका प्रमुख शहरहरूमा प्रदर्शन गर्न लागेको जनाएको छ ।

पुस ५ मा भएको प्रतिनिधि सभा विघटनको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको छ ।

जनता समाजवादी पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।देशका मुख्य सहरहरूमा हुने कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जसपाले खटाएको छ ।

जसपाले माघ ७ गते सबै जिल्ला सदरमुकामलगायत प्रमुख सहरहरूमा पनि प्रदर्शन र विरोध कार्यक्रम गर्ने भएको छ ।