
नवलपरासी, २३ पुस । बर्दघाट नगरपालिका १६ कुकुरमाराबाट ३ जनालाई चोरी भएको २ वटा मोटरसाइकल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका १ दुम्कीबास बस्ने १९ वर्षीय पुजन बराल, सरावल गाउँपालिका ५ बढहरा बस्ने १९ वर्षीय प्रिन्स कलवार र सोही ठाउँ बस्ने २४ वर्षीय ऋषिकेश सहनी रहेका छन् ।
ईलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लु.२३ प १८९४ नम्बरको बुलेट मोटरसाइकल चोरीको भन्ने बुझिन आएको हुँदा बराललाई नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा यूपी ५६ एइ ८२५३ नम्बरको बजाज मोटरसाइकल समेत चोरी भएको खुल्न आएपछि कलवार र सहनी समेतलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया