
काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन बुझाएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६र०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन् ।
घिमिरेका अनुसार राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसमेत बुझाएका छन् ।















प्रतिक्रिया