३ कार्तिक २०८३, मंगलबार

प्रेम सम्बन्ध थाहा पाएपछि प्रेमीबाट स्वास्नीले गराईन् लोग्नेको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फलेबास (पर्वत), १४ चैत । उत्तरी पर्वतको माझफाँट गाविसमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । माझफाँट गाविस–५ निवासी २३ वर्षीय नरबहादुर दमार्इंको मृत्यु भएको छ ।

शुक्रबार राति स्थानीय १९ वर्षीय राजु दमार्इंले नरबहादुरलाई मादक पदार्थ सेवन गरी एकापसमा झगडा हुँदा दायाँ घाँटीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारका क्रममा म्याग्दी जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मदिरा सेवनपछि आफू श्रीमतीको प्रेमी भन्ने थाहा पाएपछि राजुले नरबहादुरको घाँटीमा छुरा हानेका थिए । उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका राजु दमार्इं र मृतककी श्रीमती २० वर्षीया दिलमाया परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई म्याग्दीको बेनी नगरपालिका–११ पुलाचौरस्थित ससुराली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस