११ कार्तिक २०८३, बुधबार

भेरी नदीमा बस खस्दा एकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २३ पुस । भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ ।

दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हो । प्रहरीका अनुसार कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।

बस खस्दा अर्का एक जना गम्भीर घाइते भएका छन् । बसमा कति जना सवार थिए र बस नम्बर कति हो भन्नेबारे खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगिसकेको बताइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।